हेटौंडा : बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुईवटा अध्यादेश जारी गरेका छन्।प्रदेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिश भई आएका दुईवटा अध्यादेश जारी गरेका हुन्।उनले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका छन्।प्रदेश मन्त्रिपरिषद्को २४ साउन २०७९ मा बसेको बैठकको