काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटमा आज (बुधबार) सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको संवैधानिक इजलासमा गौतमविरुद्धको मुद्दाको सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा रहेका छन् । गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा २०७७ असोज १ गते राष्ट्रपति विद्यादेवी […]