गत जेठ २७ गतेदेखि न्याय माग्दै आमरण अनसनमा बस्नुभएकी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ९ निवासी सोनाली कुमारी सिंह निहारिका र सरकारकाबीच पाँचबुदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिहरुसंग सहमति भएपछि उहाँले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोड्नुभएको छ । प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका …