निषेधाज्ञापछि आईपीओ निष्कासनमा ढिलाई, १६ ओटा कम्पनीको आईपीओ पाइपलाइनमा

जेठ २९, काठमाडौं । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लागू गरेपछि आईपीओ निष्कासन प्रक्रियामा ढिलाई भएको छ ।  निषेधाज्ञापछि नेपाल धितोपत्र बोर्ड(सेबोन) को पाइपलाइनमा रहेका कम्पनीहरुले आवश्यक कागजपत्र बुझाउन नसक्दा आईपीओ निष्कासनमा ढिलाई भएको हो । सेबोनमा हाल १६ ओटा कम्पनीको ४ करोड ४६ लाख ७७ हजार ६३४ कित्ता आईपीओ पाइपलाइनमा रहेको छ ।  सेबोनबाट स्वीकृति पाएको मध्यभोटेकोशी जलविद्युत् कम्पनीको  आईपीओ अहिले निषेधाज्ञाकै कारण स्थगित भएको छ  । उक्त कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आईपीओ लकडाउनका कारण स्थगित भएको हो ।   सोही कारण उक्त कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा लागि निष्कासन गरेको ६० लाख कित्ता आईपीओ स्थगित अवस्थामा रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बाँडफाँटपछि सर्वसाधारणको लागि ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।  आईपीओ निष्कासन गर्नका लागि सेबोनको पाइपलाइनमा रहेका १६ ओटा कम्पनीमध्ये ११ ओटा मात्रै जलविद्युत् कम्पनी रहेका छन् । त्यसैगरी तीन ओटा लघुवित्त कम्पनी र एउटा डिस मिडिया लिमिटेड (डिसहोम) को रहेको छ ।   डिसहोमले  आईपीओका लागि थप कागजपत्र जुटाउन नसक्दा लामो समयदेखि स्वीकृती पाउन सकेको छैन । त्यसोत नेपाल धितोपत्र बोर्डले  निषेधाज्ञा लागू भएपछि मर्चेण्ट बैंकलाई तीन जना कर्मचारी राखी अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । आईपीओ निष्कासन लागि कम्पनीले विक्री प्रबन्धक तोकेको हुन्छ । ती विक्री प्रबन्धकहरुले नै सेबोनमा आईपीओ निष्कासन प्रक्रियाका लागि आवश्यक प्रक्रिया पूरा गरिरहेका हुन्छन् । सोही कारणले गर्दा आईपीओ निष्कासन प्रक्रियामा ढिलाई भएको हो । ती कम्पनीहरुमध्ये साहस उर्जाले सबैभन्दा बढी अर्थात् १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ ।                                                                        स्रोत : नेपाल धितोपत्र बोर्ड (सेबोन)         

सम्बन्धित सामग्री

२५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बि