सिस्ने–२ मा एक महिनादेखि बिजुली ठप्प

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–२ मा रहेको स्थानीय लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका छन्। सिस्ने–२ मा रहेको तुबाङ खोला लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका हुन्। ३३ किलोवाट क्षमतामा रहेको तुबाङ खोला लघु जलविद्युत् अवरुद्ध भएको एक महिना बितिसकेको छ। विद्युत् अवरुद्ध भएको एक महिना बित्दासमेत मर्मत नहुँदा वडावासी मर्कामा परेका छन्। पावर हाउसमा विद्युत् उत्पादन गर्ने जेनरेटर जलेपछि विद्युत् अवरुद्ध भएको विद्युत् अपरेटर हर्

सम्बन्धित सामग्री

काममा फर्किए कर्मचारी

धार्मिक मेलामा हुकिङ गरेर बिजुली बालेको र कर्मचारीलाई दुर्व्यवहार गरेको बिरोधमा डेढ महिनादेखि काम ठप्प पारेका विद्युत् प्राधिकरणका कर्मचारी काममा फर्किएका छन् ।

ठिन्के आयोजनाको विद्युत् सेवा १३ महिनादेखि ठप्प

जुम्ला चन्दननाथ नगरपालिका १ मा रहेको ठिन्के जलविद्युत् आयोजनाको विद्युत् सेवा १३ महिनादेखि अवरुद्ध छ । सदरमुकामभित्रै रहेको विद्युत् आयोजनाको बिजुली नबल्दा सेवाग्राही मर्कामा परेका छन् । उनीहरूले तत्काल बिजुली बाल्न पाउनुपर्ने भन्दै मागसमेत गरेका छन् ।

बझाङमा डेढ महिनादेखि बिजुली आपूर्ति ठप्प : सञ्चार सम्पर्कविच्छेद, कलकारखाना बन्द

बझाङ - बाढीले क्षति पुर्याएका विद्युतका आयोजनाकाे मर्मत नहुँदा बझाङका गाउँ डेढ महिनादेखि अन्धकार बनेका छन् । खप्तडछान्ना गाउँपालिका-१ का गोठखोला, खातिगाउँ, मायापाटा, डाँडागाउँ र खेदावाडागाउँ बिजुली नहुँदा डेढ महिनादेखि अन्धकार बनेका हुन् । गएको कार्तिक १ गते जडारीगाड खोलामा आएको बाढीले २१ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको नहर, विद्युत् गृह र पोल बगाएपछि २ सय ६५ परिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । आयोजना २०६५ सालमा डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको थियो । त्यस्तै जडारीगाड...