ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युवाहरूलाई देशमै राख्ने गरी आफ्नो पार्टीको उदय भएको दाबी गर्नुभएको छ ।
पहिलो पटक ताप्लेजुङ आइपुग्नु भएका रास्वपा सभापति लामिछनेले ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेडाँडामा आयोजित सभालाई आज बिहीवार सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले ३० वर्षदेखि नागरिकलाई झुक्याएर ‘मनी र मसल’ को सहारामा चुनाव जित्ने अनि जिल्लाबाट हराउने प्रणालीको अन्त्यका लागि पनि यो पार्टीको उदय भएको जिकिर गर्नुभयो ।
पार्टीमा रहेका कुनै पनि सदस्य ...