नौ लाख घुससहित नापी अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीलाई नियन्त्रणमा लिएको छ। वली नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख हुन्। आयोगका अनुसार छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजु पठाउने क्रममा उनले सेवाग्राहीलाई अनावश्यक सास्ती तथा हैरानी दिँदै घुस मागेको उजुरी परेको […]