काठमाडौं। पाँच दलीय विपक्षी गठबन्धनले स्थानीय तहसम्मै कार्यकगत एकता गर्ने सहमति गरेको छ। प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध मोर्चाबन्दी गरेका उनीहरुले केन्द्रमा जस्तै मातहतका सबै कमिटीमा एकजुट भएर ओलीको कदमविरुद्ध लागि पर्ने निर्णय भएको कांग्रेस नेता गगन थापाले बताएका छन्। सरकारविरुद्ध राजनीति र न्यायिक लडाइँ लड्ने सहमति भएको र मतहतका कमिटीलाई निर्देशन दिने शीर्ष नेताहरुबीच सहमति भएको बताइएको छ।