टोकियो ओलम्पिकः आराई जुडोमा स्वर्ण पदक जित्ने जापानको दोस्रो महिला खेलाडी

एजेन्सी। चिजारु अराईले जापानका लागि जुडोमा छैटौं स्वर्ण पदक जितेकी छन्। ७० किलो तौल समूहमा अराईले अष्ट्रियाकी मिकेला पोलेर्सलाई वाजारियाका आधरमा हराउँदै स्वर्ण पदक जितेकी हुन्। उनी ओलम्पिकमा पहिलो पटक फाइनलमा पुगेकी हुन्। उनी जुडोमा स्वर्ण पदक जित्ने दोस्रो जापानी महिला खेलाडी हुन्। यसअघि रुसकी मादिना ताइमाजोभा र नेदरल्यान्ड्सकी साने भान डाइकले काश्य पदक जिते।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः एथलेटिक्स महिला ४ सय मिटर दौडमा मिलर–विबोले जितिन् स्वर्ण

एजेन्सी। बाहमसकी शाउनाए मिलर–विबोले एथलेटिक्स महिला ४ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन्। उनले ४८.३६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। डोमिनिसियन गणतन्त्रकी मारिलेइडी पाउलिनोले ४९.२० सेकेन्ड र अमेरिकाकी एलिसन फेलिक्सले ४९.४६ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते। ओलम्पिकमा फेलिक्सको १०औँ पदक हो। उनी सबभन्दा धेरै पदक जित्ने महिला खेलाडी बनेकी छिन्।