कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अदालतको ‘डेडलक’ फुकाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग दर्ता गरिएको बताएका छन् । प्रतिपक्षी दल एमालेले समेत महाअभियोगको पक्षमा मत दिने विश्वास व्यक्त गर्दै मन्त्री बडूले महाअभियोग प्रस्ताव दुई तिहाइ बहुमतले पारित हुने दाबीसमेत गरे ।करिब चार महिनासम्म प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतलाई निकास दिन नसकेपछि संवैधानिक प्रक्रियाअनुसार महाभियोगको बाटोमा जानुपरेको मन्त्री बडूको भनाइ छ । चार महिनासम्म अदालतमा