काठमाडौं : नेपाल बंगलादेश बैंकले प्रिपेड डलर कार्ड सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी परिपत्रअनुसार एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको हो।
यस सुविधाअन्तर्गत ग्राहकहरुले आफ्नो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर ५०० बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन्। उक्त कार्डबाट ग्राहकहरुले भारतबाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानुनअनुसार विदेशी बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन्।
उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि विदेशबाट मगाइने आई-२० का लागि पन...