सुर्खेत : १८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेस गरेर चर्चामा आएका जाजरकोट छेडागाड नगरपालिकाका कर्मचारीहरू सोही खर्च लुकाउन पुनः अर्को फण्डा गरेका छन्।प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत गंगाबहादुर रोकायले मंगलबार विज्ञप्ति जारी गर्दै दुई आर्थिक वर्षमा जनप्रतिनिधिको खाना नास्ताको खर्च २४ लाख मात्र भएको दाबी गरेका छन्।रोकाय र लेखापाल खिमबहादुर शर्मा संयुक्त हस्ताक्षर गरेर सार्वजनिक गरेको विवरणमा दुई आर्थिक वर्षमा खाना, नास्तामा कुल २४ लाख ४१ हजार १ स