एमालेले माघ १९ गतेका लागि बोलायो सचिवालय बैठक

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माघ १९ गते पार्टीको सचिवालय बैठक बोलाएको छ।एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेकाे केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हाे। पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले आजकाे बैठकमा सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा विभिन्न सुझावहरू आएको बताए।ती सुझावहरूका आधारमा बैठकका एजेण्डा तय गरिने उनले जानकारी दिए। आजको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब पनि दिएको छ।सचिवालय ब

सम्बन्धित सामग्री

जर्मन हस्पिटालिटी होम्समा एमाले सचिवालयको बैठक बस्दै

काठमाडौं, माघ १९ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा नेकपा (एमाले)को सचिवालय बैठक बस्ने तयारी भईरहेको छ । दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचन, पार्टी संगठनलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ । एमाललेले केहि जिल्लाको जिल्ला अधिवेशन समेत गर्न नसकेको अवस्थामा आजको बैठकमा जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशन लगायतका विषयमा […]

एमालेले बोलायो सचिवालय बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । सोमबार एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेका केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । त्यस्तै सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा विभिन्न सुझावहरू आजको बैठकमा आएको र ती सुझावहरूका आधारमा बैठकका एजेण्डा तय गरिने अर्का उपमहासचिव विष्णु रिमालले रातोपाटीलाई बताए । बैठकमा पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशन तथा