काठमाडौं । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई आर्थिक सहयोग गरेको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३ पानीपोखरी स्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्ने जनाएको छ । गोरखा केराबारी १ मा निर्माण हुन गइरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्