ललितपुरको मंगल बजारबाट १२ जना जुवाडे पक्राउ

ललितपुर महानगरपालिका–१२ मंगलबजार स्थित इटिचोकबाट प्रहरीले १२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । गएराति जुवा खालबाट ८८ हजार ६६५ रुपैयाँ नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । जुवा खालबाट प्रहरीले कौडा बरामद गरेको छ । उनीहरुले अनलाईन मार्फत भुक्तानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । अनलाइन मार्फत भुक्तानी गरेको बारे अनुसन्धान भइरहेको एसपी शाहले जानकारी दिए ।

सम्बन्धित सामग्री

काठमाडौँबाट १२ जुवाडे पक्राउ

काठमाडौँ- काठमाडौँबाट १२ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौँको टोखा नगरपालिका ९ मिलन टोलस्थित राजेन्द्रप्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५ […]

कपिलवस्तुमा जुवाको खालबाट ६ भारतीयसहित १२ जना पक्राउ

कपिलवस्तुको सिमावर्ती क्षेत्र सुद्धोदन गाउपालिका ५ शिवलवा स्थित स्थानीय महेश बानियाको घरमा जुवाको खालबाट ६ भारतीय सहीत १२ जना जुवाडे पक्राउ परेका छन।...

डोटीबाट १२ जना जुवाडे पक्राउ

डोटी । डोटीको जोरायल गाउँपालिका-२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका-६ घर भएका २४ वर्षीय लोकेन्द्र साउदसहित १२ जना छन् । इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनिहरुलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जुवा खालबाट प्रहरीले १ लाख […]

डोटीबाट १२ जना जुवाडे पक्राउ

डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–६ घर भएका २४ वर्षीय लोकेन्द्र साउदसहित १२ जना छन् । इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनिहरुलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जुवा खालबाट प्रहरीले १ लाख २२ हजार नगद र  ३ बुक तास बरामद गरेको छ ।  आरोपीहरुमाथि प्रहरीले जुवा मुद्दामा अनुसन्धान गरिरहेको छ ।

बालुवाटारबाट १२ जना जुवाडे पक्राउ, ४ लाख बरामद

काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारको जुवा खालमा प्रहरीले छापा मारेको छ । रुपचन्द्र श्रेष्ठले संचालन गरेको जुवा खालबाट १२ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।जुवा खालबाट पक्राउ पर्नेमा संचालक रुपचन्द्र श्रेष्ठ, उत्तम गुरुङ, दिनेशकुमार लिम्बु र एकजना महिला सहित १२ जना छन् ।चाइनिज एम्बेसी नजिकै रहेको जुवा खालबाट प्रहरीले ४ लाख २७ हजार नगद बरामद गरेको छ । घटनाबारे प्रहरी वृत मालीगाउँले अनुसन्धान गरिरहेको छ ।

१२ जना जुवाडे पक्राउ

काठमाडौं, १४ मंसिर । तास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ परेका छन् । महानरगपालिका–३२ कोटेश्‍वरस्थित कोटदेवी मन्दिर नजिक बस्ने ४४ वर्षीय ईश्वर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ईश्वर लगायत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख […]

सुर्खेत र रुकुमपश्चिममा वडाअध्यक्षसहित १२ जना जुवाडे पक्राउ

प्रहरीले रुकुमपश्चिम र सुर्खेतमा गरी १२ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ।  रुकुमपश्चिममा एक जना वडा अध्यक्षपनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। पक्राउ पर्ने वडाअध्यक्ष मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसी हुन् । मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनी सहित  पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । अन्य पक्राउ पर्नेमा सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी), ३४ वर्षीय कमल बुढा , ३१ वर्षीय र

पर्सागढीबाट १ लाख रुपैयाँसहित १२ जना जुवाडे पक्राउ

वीरगंज : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वाबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। राति जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले विशेष सूचनाको आधारमा १२ जनालाई पक्राउ गरेको हो। करिब १ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। पक्राउ पर्नेमा पर्सागढी-३ का…

विराटनगरबाट १२ जना जुवाडे पक्राउ

मोरङको विराटनगर महानगरपालिका–१२ बाट प्रहरीले १ दर्जन जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर–१२ स्थित संगत गीत गजलमा जुवा खेलिरहेका १२ जनालाई लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले जुवाखालबाट २ लाख ३१ हजार नगद बरामद गरेको छ ।पक्राउ पर्नेमा विराटनगर बस्ने राहुल सहनी, भुवन कालाखेती, राजन पौदार, दिनेश सत्रा र सुवोध पासवानसहित १२ जना छन् । आरोपीहरु विरुद्ध जुवा ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनु

वडा अध्यक्षसहित १२ जना जुवाडे पक्राउ

इनरुवा, असोज १० – सुनसरीे काशी गाउँपालिका-८ का वडा अध्यक्षसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार स...