सिँचाइमा अर्बौं खर्च, पानी नहुँदा रोपाइँ प्रभावित

असारको महिना आधा कटिसक्दा पनि पानी नपरेपछि सुदूरपश्चिमका तराईका जिल्लामा रोप्नलाई तयार भएका बीउ सुक्न थालेका छन् । सरकारहरूले अर्बौं रूपैयाँ सिँचाइमा खर्च गरेको भए पनि किसानले अझै सुविधा पाएका छैनन् । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ मा कृषि क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि करिब डेढ अर्ब रूपैयाँ छुट्यायो । सिँचाइ कार्यक्रमअन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २ सय ४१ वटा सिँचाइ योजना निर्माण गर्न एक अर्ब ३१ करोड ८९ लाख रूपैयाँ चालु आर्थिक वर्षमा छुट्याएको थियो ।