काठमाडौं : किरात वाम्बुले राई भाषाको २३ औं कविता प्रतियोगिता सुनसरीको धरानमा हुने भएको छ। वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६औं वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो। वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईले ओखलढुंगा, खोटाङ र उदयपुरको गाउँघरमा मात्र आयोजना हुने गरेको वाम्बुले राई भाषाको कविता प्रतियोगितालाई धरानमा आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार प्रदेश–१ मा जारी ‘कोशी’ बहिस्कार आन्दोलन जारी छ। उक्त आन्दोलनलाई सहयोग पुर्याउन