त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालले रेडियोलोजी विभागका लागि बिहीबार सूचना प्रकाशन गरी एक कर्मचारीको माग गरेको हो ।क्लिनिकल रजिष्ट्रार पद चिकित्साशास्त्र अध्ययन संस्था कार्यान्वयन समिति स्वीकृत अस्थायी दरबन्दी करार सेवाका लागि योग्यता पुगेकालाई आवेदन माग गरिएको हो ।योग्यता पुगेका नागरिकले चैत २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।