मन्त्रीहरूकाे शपथ ग्रहण भाेलिसम्ममा हुन्छ - मेटमणि चाैधरी

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरीले भाेलि बिहीवारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताउनुभएको छ । आज बुधवार प्रतिनिधि सभाको बैठकका लागि नयाँ बानेश्वरमा रहेकाे संसद् भवनमा पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा गरिसक्ने बताउनुभएको हो । उहाँले आज नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको पनि बताउनुभयो । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताउनुभयो । ...