कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन हुने

लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ। विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको छ।

सम्बन्धित सामग्री

दुई दशकपछि सञ्चालनमा आउँदै मझगाउँ विमानस्थल

महेन्द्रनगर-वि.सं २०५६ मा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि सञ्चालनमा आउने भएको छ ।गौचरणलगायत विमानस्थल सञ्चालन गर्न भन्दै लामो समयदेखि राजनीतिसँगै सामाजिक मुद्दा बनेको विमानस्थलको अहिले ठेक्का प्रक्रिया अगाडि बढेर निर्माण कार्य पनि सुरु भएको छ । विमानस्थलको धावनमार्ग, एप्रोन र टेक्सी वे का लागि टेण्डर प्रक्रिया भएर निमार्णको […]

कञ्चनपुरको मझगाउँ विमानस्थल फेरि सञ्चालनमा ल्याइने

कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि काम थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज स्तरोन्नति कार्यको थालनी गर्नुभएको हो । कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम प्रदेश धेरै सम्भावना बोकेको स्थान भएको भन्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सजिलो हुने बताउनुभयो । रनवे २५ सय मिटर र राजमार्गबाट विमानस्थल आउने […]

मन्त्री प्रेम आलेले गरे कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास गरेका छन् । बुधबार विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच मन्त्री आलेले स्तरोन्नति कार्य शुभारम्भ गरेका हुन् ।उनले सुदूरपश्चिम प्रदेशले धेरै सम्भावना बोकेको उल्लेख गर्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सहज हुने बताए । उनले कुनै पनि योजना अघि बढाउँदा दशकौंसम्मको अवस्थालाई पूर्वानुमान गरेर सञ्चालन गर्नुपर्ने भन्दै विमानस्थलको रनवेलाई २५०० मिटरसम्म बनाइनुपर्ने र राजमार्गब

विमानस्थल सञ्चालन गर्न एक करोड जम्मा

कञ्चनपुर । मझगाउँ विमानस्थल सञ्चालन गर्न भीमदत्त नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणलाई  रु एक करोड रकम उपलब्ध गराएको छ । लामो समयदेखि सो विमानस्थल सञ्चालनमा  आउन सकेको छैन ।

फागुनदेखि मझगाउँ विमानस्थल निर्माण गरिने

चन्द्रकान्त जोशीमहेन्द्रनगर-लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन गर्न फागुनदेखि निर्माणकार्य अगाडि बढाइने भएको छ । आइतबार कञ्चनपुर आएको नेपाल नागरिक उड्डययन प्राधिकरणको प्राविधिक टोलीले बन्द रहेको विमानस्थलको स्थलगत निरीक्षण गरिसकेपछि फागुनदेखि विमानस्थलको निर्माणकार्य अघि बढाउने सम्भावना रहेको जनाएको हो ।नेपाल नागरिक उड्डययन प्राधिकरण प्राविधिक टोलीका इन्जिनियर रत्नबहादुर श्रेष्ठले विमानस्थल सञ्चालन गर्न सकिने सम्भावना […]

मझगाउँ विमानस्थल सञ्चालनमा ल्याइने

दुई दशकदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा ल्याइने भएको छ । कञ्चनपुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित प्राविधिक टोलीले विमानस्थल सञ्चालन गर्न सकिने बताएका हो । विमान स्थल सञ्चालन गर्नका लागि दुई बिघा जग्गा आवश्वक रहेकोले अधिकरण गर्नुपर्ने प्राविधिक टोलीको निस्कर्ष छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईसहित प्राविधिक टोलीले शनिबार मझगाउँ विमान स्थलको अवलोकन गरेका छन् ।