महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

काठमाडौं  । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रमार्फत कालिकोटका पाँच विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ । कक्षा ११ र डिप्लोमा (प्राविधिक) अध्ययनमा सहयोग पुर्‍याउन २ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको बैंकले जानकारी दिएको छ । बैंकले कक्षा ११ र सीटीईभीटीअन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँच विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको हो । बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई छात्रवृत्ति रकमकोे चेक हस्तान्तरण गरेका हुन् ।