ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको चीनको घोषणा

चीनले ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको घोषणा गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले एक हप्ताभन्दा लामो सैन्य अभ्यास गरेको हो । ताइवान आसपासमा भएको सैन्य अभ्यासका क्रममा विभिन्न मिसनलाई सफलतापूर्वक पूरा गरेको र सेनाको संयुक्त युद्ध क्षमताको प्रभावकारी परीक्षण समेत भएको चीनले जनाएको छ । यसैबीच, चीनले ताइवानसँगको शान्तिपूर्ण एकतामा जोड दिने बताएको छ । बेइजिङको स्टेट काउन्सिलअन्तर्गतको ताइवान मामिला कार्यालय र सूचना कार्यालयले श्वेतपत्र निकालेर चीनको पुनःएकीकरण प्रक्रिया कसैग...

सम्बन्धित सामग्री

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको हो ।

ताइवान आसपासको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको चीनको घोषणा

काठमाडौं । चीनले ताइवान आसपाको क्षेत्रमा झण्डै एक सातादेखिको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि भड्किएको चीनले ताइवानी समुद्री सीमा र उडान क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । गत आइतबार नै सकिने पर्ने सैन्य अभ्यास हिजो बुधबार सम्पन्न भएको घोषणा चीनले गरेको हो । सैन्य […]