ललितपुरमा आज जोन्सनको खोप लगाइँदै

काठमाण्डाै - ललितपुर महानगरपालिकाले आज जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारी, विदेश जानको लागि भिसा र टिकट लिएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी तथा महानगरका उद्यमी व्यवसायीले यो खोप पाउने महानगरपालिकाले जनाएको छ । पाटन ढोकाको पाटन मावि, जावलाखेल चोक र सातदोबाटोमा रहेको महेन्द्र आदर्श माविमा खोप केन्द्र तोकिएको छ । 

सम्बन्धित सामग्री

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गरेको सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने उल्लेख छ

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

रासस। ललितपुर जिल्लामा आजदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ। ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा सो कम्पनीको खोप लगाइने भएको हो। कोरोना महामारीबाट जोगाउन ५०देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई सो खोप लगाउन लागिएको महानगरले जनाएको छ। त्यस्तै महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य, सरसफाइकर्मी र निषेधाज्ञाका समयमा विदेश जानेलाई पनि खोप लगाइनेछ।