विक्की कौशल र कटरिना कैफको विवाह राजस्थानको एक शाही होटलमा हुँदैछ । उनीहरूको विवाह डिसेम्बर ७–९ सम्म चल्नेछ ।
मंगलवार राति कटरिनाको मेहेन्दी समारोह थियो । यद्यपि यसका तस्वीरहरू सामाजिक सञ्जाल वा मिडिया कतै आएको छैन । आज हल्दी समारोहपछि पूल पार्टी हुनेछ । यसका लागि झण्डै ५० बढी पाहूना पुगेका छन् ।
अहिले कटरिनाले मेहेन्दी लगाएको तस्वीर भने भाइरल भइरहेको छ । पहेँलो रङको ड्रेसमा उनी देखिएकी छन् । तर, यो फोटो भने पुरानो हो ।
कटरिना र विक्कीको विवाहलाई मध्यनजर गर्दै थप सुरक्षा बढाइएको छ...