परिवारमा वृद्धावस्थाका आमाबाबु अनि बाल्यावस्थाका छोराछोरी । मधुमेह रोगका बिरामी भए पनि दिनभर मजदुरी गरेर ल्याएको ज्यालाले उनको घरमा चुलो बल्थ्यो । धनगढी उपमहानगर–१६ भादा दक्षिणपुर गाउँका उनै ३९ वर्षीय खुसीराम चौधरीको गत कात्तिक १ मा मृत्यु भयो ।
६५ वर्षमै वृद्ध भत्ता, ३ वर्ष मुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्क जस्ता मतदातालाई प्रभावित पार्न सक्ने लोकप्रिय कार्यक्रमहरु कांग्रेसले घोषणापत्रमा अघि सारेको छ ।
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले विपन्न नागरिकलाई मृत्यु संस्कारका लागि १० हजार दिने घोषणा गरेको छ । ‘विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने’ कांग्रेसले शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख छ । कोखदेखि शोकसम्म विभिन्न कार्यक्रम घोषणा गरेको कांग्रेसले मृत्यु संस्कारको विषयलाई समेटेको […]