लामो समयदेखि अलपत्र परेको दोलखाको मुडे चरिकोट सडकखण्ड निर्माणको क्रममा अवरुद्ध हुने हुँदा हप्तामा तीन दिन सवारीसाधन आवागमन बन्द गरिने भएको छ । सडक कालोपत्रे गर्नका लागि विभिन्न स्थानबाट एकैसाथ निर्माणको काम भइरहेको हुँदा सवारी साधनलाई समस्या हुने र निर्माण कार्यमा समस्या हुने भएपछि प्रत्येक हप्ताको मङ्गलबार, बुधबार र बिहीबार तीन दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलखबहादुर आलेले बताए ।जिल्ला प्रशासन कार्यालय दोलखामा