काठमाडौं : जनता समाजवादी पार्टीका सांसद अशोक राईले कोशी प्रदेशको नामको विरोधका क्रममा मृत्यु भएका पदमकुमार लिम्बुलाई शहीद घोषणा गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रदेश १ को नाम कोशीको विरोधमा उत्रिएका लिम्बुलाई शहीद घोषणा गर्न माग गरेका हुन्। सांसद राईले मधेश आन्दोलनका क्रममा २९ जनाले ज्यान गुमाएको स्मरण गर्दै अधिकार माग्दा ज्यान लिने घटना ज्यादै निन्दनीय रहेको बताए। ‘यस्ता दुःखद घटनाको शृङ्खला अझै अन्त्य कहीँ पनि भएको छैन। संविधान जारी ग