उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नेपाल उद्योग परिसंघले विकास खर्च बढाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले पूर्वाधारको क्षेत्रमा लगानीको आवश्यकता रहेकोमा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरेको हो ।