देश हाँक्ने नेता पठाएको इलाम सधैँ विकासको पर्खाइमा

इलाम : घुम्ने आउने पर्यटकहरुले कन्याम चिया बगान घुम्दा इलामलाई सुगम जिल्लाको रूपमा महसुस गर्छन्। हरियो चिया बगानलाई मेची राजमार्गले चिरेको दृश्य हेरेपछि सुगम इलाम घुमेको अनुभूत गरेर फर्कन्छन्।इलाम देखेर वा घुमेर फर्किएकाहरूले बाहिरी रूपमा वा सडक आसपासमा त्यस्तै देख्छन्। तर, इलामका भित्री भागहरू अझै पनि सुगम इलाम हुने पर्खाइमा नै छन्। नेपाली राजनीतिका हेभिवेट नेता पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम—१ होस् या पूर्वसभामुख एवम् एमाल