काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन्। एकीकृत समाजवादीको गत २० जेठमा बसेको सचिवालय बैठकले कुँवरसहित अन्य चारजनालाई मन्त्रीका लागि सिफारिस गरेपनि झण्डै २४ दिनपछि मन्त्री नियुक्त भएका हुन्। विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवरले तत्कालीन माओवादी जनयुद्धमा एमालेलाई जिल्लामा स्थापित गराउन सक्रिय भूमिका निर्वाह गरेका […]