एनआरएनको निर्वाचन सरगर्मीः राष्ट्रिय समन्वय परिषदमध्ये ६० वटामा निर्वाचन सम्पन्न

काठमाडौं।विश्वका विभिन्न मुलुकमा स्थापना भएका गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतका राष्ट्रिय समन्वय परिषदमध्ये ६० वटामा आगामी २०२१–२३ कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ। हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् छन्।तीमध्ये २० वटा राष्ट्रिय समन्वय परिषदहरु लामो समयदेखि निष्क्रिय छन्। निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषदमा निर्विरोध निर्वाचन भएको एनआरएनएले जनाएको छ।