बजेट पुर्वको छलफल : आयमा कर छूटको सीमा तोक्न माग

वैशाख १३, काठमाडौं । उद्योगी ब्यवसायीहरुले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा आयमा कर छूटको सीमा तोक्न माग माग गरेका छन् ।  मंगलवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उद्योगी तथा व्यवसायीहरुले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पुर्वको छलफलमा सरकारसँग आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा आयमा एकल व्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख रुपैयाँ कर छूट गर्न माग गरेका हुन् ।  उक्त छलफलमा बोल्दै महासंघका कर तथा राजस्व समितिका सभापति सन्दिप अग्रवालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा आयमा कर छूटको सीमा तोक्न माग गरेका हुन् । उनले सरकारले रेमिट्यान्स पठाउनेलाई इन्सेटिभ दिनुपर्ने र राहदानी बनाउँदा लाग्ने खर्च घटाउनु पर्ने पनि बताए । सभापति अग्रवालले विदेशबाट आउने रेमिट्यान्स ३० प्रतिशतसम्म बाहिरी च्यानलबाट आउने गरेकाले त्यसलाई सरकारले औपचारिक रुपमा बैंकिङ प्रणालीमा ल्याउने व्यवस्था गर्नु पर्ने माग गरे । मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानेकालृ विदेश जाने युवालाई राज्यले सम्मान गर्नुपर्ने पनि उनले बताए । उनले नेपाली नागरिकको २० देखि ५० वर्ष पुरानो सम्पत्ति अवैध भए पनि एक पटक अभिलेखिकरण गर्न पाउने व्यवस्था आगामी बजेटमा गर्न माग गरे । उनले सरकारले आयकरमा स्वास्थ्य बीमा,जीवन बीमा गर्दा १ लाख रुपैयाँसम्म आयकर छूटमा समावेश गर्न पाउने बजेटमा व्यवस्था गर्न माग गरे । त्यस्तै, महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले यो वर्षको बजेटमा सरकारले निजी क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट निर्माण गर्नु पर्ने बताए । उनले यो वर्षको बजेटमा निजी क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट निर्माण गरे सामाजिक न्याय सहितको खुल्ला अर्थतन्त्र बलियो हुने बताए । उनले बाह्य क्षेत्र व्यवस्थापन गर्ने कार्ययोजना, निर्यात प्रवर्द्धन, विशेष कार्यक्रम मार्फत पर्यटन सुधार कार्ययोजना ल्याएर आयात प्रतिस्थापन गर्ने बजेट ल्याउनु पर्ने सुझाव दिए । उपाध्यक्ष श्रेष्ठले सरकारले अहिलेको विदेशी मुद्रा सञ्चितिमा देखिएको चाप कम गर्न पर्यटनसँग प्रतिस्पर्धा गर्ने स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई विदेशी मुद्रा आर्जनको स्रोतको रुपमा लिनु पर्ने बताए । उनले अहिले बजारमा देखिएको तरलता महानगर तथा नगरपालिकाहरुले बैंकमा राख्ने तीन महीने निक्षेपको कारण पैदा भएको बताए । उनले आर्थिक स्थायीत्व र तीव्र आर्थिक वृद्धि हुन नसक्नुमा न्यून स्वदेशी र विदेशी लगानी भएकाले आगामी बजेट मार्फत स्वदेशी र विदेशी लगानी बढाउने निती ल्याउनु पर्ने पनि बताए । घरजग्गा धितो राखेर नभई परियोजना धितो राखेर कर्जा दिने बारे अध्ययन गरेर राष्ट्र बैंकलाई महासंघले प्रतिवेदन बुझाएकोले यसलाई बजेटमार्फत कार्यान्वयन गर्न पनि उनले सुझाव दिए ।  

सम्बन्धित सामग्री

सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर महानगरले आर्थिक वर्ष २०८०-२०८१ को वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका सन्दर्भमा छलफल गर्न ललिपुराका सांसदहरूसँग छलफल गरेको छ।...

कार्यविधिमाथि छलफल

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ।...

आयोग पदाधिकारीसँगको छलफल सकियो, सचिवहरूसँगको छलफल सुरु हुँदै

काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजपनि विभिन्न मन्त्रालयका सचिव र निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री दाहालले बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् भने अहिले ११ बजेदेखि विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने कार्यतालिका रहेको छ । स्रोतका आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गरेका छन् […]

सुदूरपश्चिम प्रदेश : बजेटमाथिको छलफल अघि बढाउन छलफल सुरु

सुदूरपश्चिम प्रदेश सरकारले बजेटमाथिको छलफल अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल थालेको छ ।  प्रतिपक्षी दलहरु प्रदेश सभा बैठकमा सहभागि नहुँदा तीन पटक बैठक स्थगित भएपछि बैठकलाई अघि बढाउन सरकारले सहभागीका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल थालेको हो ।बिहानैदेखि मुख्यमन्त्रीको उपस्थितिमा नेकपा एमालेका संसदीय दलका नेता प्रकाश शाहसहित प्रदेश सभा सदस्यहरुसँग छलफल भइरहेको प्रदेश सभा सदस्य लीलाधर भट्टले जानकारी दिए ।  बजेटमाथिको छलफल अघि बढाउन सत्तारुढ दलसँग मात्र छलफल गरिरहेको थिय

मन्त्रालयगत छलफल आजबाट

काठमाडौं, जेठ २३ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफल अर्थात मन्त्रालयगत छलफल आजदेखि प्रारम्भ हुने भएको छ। विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफल सोमबार, बुधबार र बिहीबारसम्म जारी रहनेछ। कुल २१ मन्त्रालयको सातसात मन्त्रालयका दरले छलफल अघि बढाइने भएको छ। मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने […]

मन्त्रालयगत छलफल आजबाट

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफल अर्थात मन्त्रालयगत छलफल सोमबार (आज) देखि प्रारम्भ हुने भएको छ।...

बजेटमा आजदेखि मन्त्रालयगत छलफल

२३ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा […]

बजेटमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौँ,१७ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो । बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुका जवाफका लागि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ […]

आज संसदमा एमसिसीमाथि छलफल

एमसिसीबारे संसदमा बिहीबारदेखि छलफल सुरु हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । यद्यपि, त्यसअघि बस्ने कार्यव्यवस्था समितिको...

गृह र अर्थमन्त्रीबीच छलफल

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच बुधबार छलफल भएको छ। निर्वाचनका लागि आवश्यक जनशक्ति, सुरक्षा प्रबन्ध र बजेट व्यवस्थापनबारे उनीहरूबीच छलफल भएको हो।...