कर्णबहादुर मल्ल बैठकमा उपस्थित हुन नसकेको सूचनासम्बन्धी प्रस्ताव स्वीकृत

सुदूरपश्चिम प्रदेशसभाका सदस्य कर्णबहादुर मल्ल लगातार बसेका प्रदेशसभाका दश वटा बैठकमा उपस्थित हुन नसक्नाको कारणसहितको सूचनासम्बन्धी प्रस्तावलाई प्रदेशसभाको बैठकले स्वीकृत गरेको छ ।      आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले ‘सुदूरपश्चिम प्रदेशको प्रदेशसभा नियमावली २०७४’ बमोजिम उक्त प्रस्ताव पेश गर्दा बैठकले स्वीकृत गरेको हो । प्रदेशसभा नियमावलीमा कुनै सदस्य लगातार दश वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहनु पर्ने भएमा तत्सम्बन्धी अग्रीम सूचना सभामुखलाई दिनु पर्ने, सूचनामा अनुपस्थि...