सत्ता गठबन्धन बैठक : तालमेलको सहमति, सिट बाँडफाँटबारे कार्यदल

काठमाडौं :  सत्तारुढ गठबन्धनमा आबद्ध दलको आज बसेको बैठकले आगामी निर्वाचनमा पनि गठबन्धनमा आबद्ध दलहरूबीच तालमेल गरेरै जाने सहमति गरेको छ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै बसेको बैठकले गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि सहमति जुटाउन कार्यदल गठनसमेत  गर्ने निर्णय भएको सञ्‍चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। कार्यदलमा ९ जना सदस्यहरू रहने बताइएको छ।प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्। जसमध्ये कांग

सम्बन्धित सामग्री

सत्ता गठबन्धन बैठक : कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन

काठमाडाैँ- सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठित कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन । बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले केहिदिन अघि गठन गरिएको सिट बाँडफाँट व्यवस्थापन समितिलाई चाँडो भन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । काठमाडौं उपत्यकाको फाल्ने स्थान बन्चरेडाँडामा बिभिन्न समस्या […]

सत्ता गठबन्धन बैठक : सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई

काठमाडौँ । सत्तारूढ गठबन्धनको आज (आइतबार) बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई दिएको छ । शीर्ष नेताहरूको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेताहरूबीचमा सिट बाँडफाँट छिटो गर्ने सहमति पनि बनेको स्रोतले बतायो । आजै दिउँसो १ बजे कार्यदलको बैठक बस्ने पनि तय भएको छ […]