वर्षमान पुन स्वदेश फर्किएपछि मात्रै पदाधिकारी चयन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित पहिलो पूर्ण बैठकले अध्यक्ष बाहेकको पदाधिकारी चयन गर्न सकेन । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेर शपथ गराएपछि केन्द्रीय कमिटीको बैठक पुस २५ गतेसम्मका लागि स्थगित भएको घोषणा गरिएको छ । सोमवारको बैठकले माओवादी केन्द्रको पदाधिकारी पनि चयन गर्ने भनिएको थियो ।  बैठक स्थगित भएपछि अध्यक्ष प्रचण्डले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता वर्षमान पुन स्वदेश नफर्किएसम्म पदाधिकारी चयन नहुने बताए ।  ‘वर्षमान पुन र ओनसरी घर्ती हाम्रा प...