महोत्तरी, ३१ असार । मटिहानी नगरपालिकाले वारुणयन्त्र (दमकल) सञ्चालनमा ल्याएको छ । यसबाट आगलागीबाट हुने क्षतिलाई रोक्न सहयोग पुग्ने जनाइएको छ । “बर्सेनि आगलागीबाट धनजनको निकै क्षति हुँदै आएको छ, अब दमकल आएपछि यो भवितव्यबाट हुने क्षति रोक्न सकिने आश छ”, मटिहानी–६ का राजाराम सहनी भन्छन्, “नगरप्रमुख हरिप्रसाद मण्डलले वाचा पूरा गर्नुभयो, हामी खुसी छौँ […]