संसद विघटनविरुद्ध शहीद बेपत्ता योद्धा परिवारको प्रदर्शन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै शहीद बेपत्ता योद्धा परिवारले विरोध जनाएका छन्। शहीद तथा बेपत्ता योद्धा परिवार बागमती प्रदेशले काठमाडौंमा निकालेको विरोध र्‍याली निकालेको हो। प्रधानमन्त्री ओलीको कदम प्रतिगामी रहेको भन्दै फिर्ता लिन उनीहरूले माग गरे।