गुल्मीको कफी विदेश निर्यात हुन थालेपछि किसान उत्साहित

गुल्मी जिल्ला कफी खेतीका लागि प्रख्यात छ । यहाँ उत्पादन भएको कफी जापान र फ्रान्समा जाने गरेको छ । जापान र फ्रन्समा कफिको माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ ।संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचा