परीक्षण नै नगरेका बिरामी अक्सिजन र भेन्टिलेटर चाहियो भन्दै आउँदा चिकित्सक नै अलमलमा

चितवनका अस्पतालमा कोरोना भाइरसका सिकिस्त बिरामी बढ्न थालेका छन् । पछिल्लो समयमा कोरोना संक्रमणको संख्यामा वृद्धि हुँदै  जादा अस्पतालमा सिकिस्त बिरामी पनि बढेका हुन्

सम्बन्धित सामग्री

'क्षमता भन्दा बढी बिरामी राखे अक्सिजन सिस्टमले धान्नै सक्दैन'

बाँकेमा कोरोना भाईरसको संक्रमण दिनहुँ बढिरहेको छ । संक्रमितको चापले गर्दा भेरी अस्पतालका बेड भरिभराउ मात्र छैनन्, अस्पतालले थेग्नै गाह्रो भइरहेको छ । अस्पतालमा प्रायः गम्भिर अवस्थाका संक्रमित भर्ना भएका छन् । उनीहरुको उपचारका लागि विशेषज्ञ चिकित्सक(एनेस्थेसियोलोजिष्ट) को अहिले पनि अभाव छ । कोभिड वार्डमा अहिले चौबिसै घण्टा खटिरहने एक मात्र एनेस्थेसियोलोजिष्ट हुन्, डा. पारश पाण्डे । विगत दुई वर्षदेखि भेरी अस्पतालमा कार्यरत उनी नवौ तहका विशेषज्ञ चिकित्सक हुन् । भेन्टिलेटर, आईसियु कक्षमा खटिएर जटिल खालका बिरामीको विगत दुई वर्षदेखि सेवारत छन् । अस्पतालमा कोरोना संक्रमितको उपचार लगायत विविध विषयमा डा. पाण्डेसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको कुराकानी :