भूकम्प अद्यावधिक: नलगाढकी उपप्रमुख सिंहको मृत्यु

गए राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आउनु भएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

नलगाडमा उपप्रमुख पदका लागि मतदान जारी, ९३ वर्षीय थापाले पनि गरे

नलगाडमा २०७९ सालको निर्वाचनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सरिता सिंह निर्वाचित भएकी थिइन्। सिंहको गत वर्ष भूकम्प (कात्तिक १७) मा परेर मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।

जाजरकोटमा भूकम्प पछि मृत्यु हुनेको संख्या २९ पुग्यो

जाजरकोटको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएकी एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–११ झाप्राका ५८ वर्षीया कलशी उपाध्यायको चिसोका कारण मंसिर २५ गते मृत्यु भएको नगरपालिका उपप्रमुख चन्द्र थापाले बताए ।