आइपुगे पाहुना जलपन्छी

तराईका सिमसार क्षेत्र, सप्तकोशी नदी र तालहरूमा हिउँद लागेसँगै पानीचरा देखिन थालेका छन् ।

सम्बन्धित सामग्री

तल्लो कर्णाली क्षेत्रमा पर्यटक चरा

फिरन्ते तथा पर्यटक चराको चिरबिरले कर्णाली नदीको तल्लो तटीय क्षेत्र गुल्जार बनेको छ । जाडो छल्न आएका पाहुना चराका कारण कैलाली र बर्दियाको सीमा क्षेत्रमा रहेको तल्लो कर्णाली क्षेत्र गुल्जार बनेको हो । नेपालको उत्तरी क्षेत्र साइबेरिया, मङ्गोलिया, उत्तरी चीन र रसियालगायतका देशबाट विभिन्न प्रजातिका जलपन्छी चरा यहाँ आइपुगेका छन् । जाडो छल्न आएका पाहुना जलपन्छीका कारण कर्णाली नदीको तल्लो तटीय क्षेत्रको रौनकता थपिएको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो ।