घरबाटै खाटसहित दम्पती बेपत्ता घटनामा सीआईबीले अनुसन्धान सुरु गर्‍याे

महाेत्तरी – महोत्तरीमा घरबाटै बेपता भएका झा दम्पती सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को टोलीले अनुसन्धान सुरु गरेकाे छ । सीआईबीकाे टोलीले बिहीवारदेखि घटनास्थललगायतका क्षेत्रमा अनुसन्धान थालेको हो । ब्युरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डको टोली घरबाटै खाटसहित बेपत्ता रहेका पिपरा गाँउपालिका ५ का मोसाफिर झा र उहाँकी ६० वर्षीया श्रीमती गीतादेवीको सम्बन्धमा अनुसन्धान सुरु गरेको सीआईबी प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।   यसअघि बेपत्ता झा दम्पतीको खोजी...