राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन् । शुक्रबार भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरिन् । मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरेका थिए । साथै पुजारी टोलीले उनलाई अन्य बाँकी प्रसादसमेत प्रदान गराएका थिए । राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आरधनासँगै पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिएकी थिइन् ।सोह