काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले सशस्त्र जनआन्दोलनका उपलब्धिहरू कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताउनुभएको छ ।
आज बुधवार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पाैडेलले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि चनाखो हुनुपर्ने बताउनुभयाे । सुखद भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहि...