देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहीबार हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ भने तराईमा राति मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ […]