काठमाडौं विश्वविद्यालयले प्राविधिक विषयका शिक्षक उत्पादन गर्ने

काठमाडौं विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्न ‘बिटेक एड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो विश्वविद्यालयले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेकएड) सञ्चालन गर्ने जानकारी दिएको हो ।विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डीन डा बालचन्द्र लुइँटेलले बिटेकएड कार्यक्रम सञ्चालन गर्न देशभरका तीनवटा क्याम्पसलाई अनुमति दिइएको बताए । […]