तालिवानले उत्तरी अफगानिस्तानको जज्जान प्रान्तस्थित जेल कब्जा गरेर सबै बन्दीहरुलाई रिहा गरेको जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा सयौं बन्दीहरु सेबर्घान शहरको जेलबाट निस्कदैं गरेको देखिन्छ । शनिबारै यस क्षेत्रमा तालिवानी लडाकुहरुले आक्रमण गरेका थिए । तालिवानले यस शहर कब्जामा लिइसकेको छ । यसअघि उसले निमरोज प्रान्तको राजधानी जरान्ज कब्जामा लिएको थियो । देशभर तालिवान र अफगानी सेनाबीच लडाँइ चलिरहेको छ । सेबर्घान शहर अफगानिस्तानका पूर्व उपराष्ट्रपति तथा युद्ध सरदार अब्दुल रसिद दोस्त