पाल्पाको रानीमहल अब संग्रहालय

पाल्पा : पाल्पाको रानीमहललाई संग्रहालयमा परिणत गरिएको छ। तानसेन नगरपालिकाले बौघागुम्हा र बगनासकाली गाउँपालिकासँग मिलेर रानीमहललाई संग्रहालयमा रुपान्तरण गरेको हो। 'नेपालको ताजमहल'का रुपमा चिनिएको रानीमहल दरबार अब नयाँ सजावटसाथ तयार छ। खड्ग शम्शेरले निर्माण गरेको यो दरबारमा संग्रहालयका रुपमा विकसित गर्दै उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता सामग्री राखिएको…