गृहमन्त्री बालकृष्ण खाणले भैरहवाको नारायणस्थान मन्दिरमा आज वैद्धिक परम्पराअनुसार पूजा अर्चना गरेका छन् । गृहमन्त्रीसहित काँग्रेसका तर्फबाट सिद्धार्थनगरका प्रमुखका उम्मेदवार इस्तियाक अहमद खान, माओवादी केन्द्रको तर्फबाट उपप्रमुखका उम्मेदवार कमला थापा लगायतले वैद्धिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरे ।सो अवसरमा गृहमन्त्री खाणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए । उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्न