एजेन्सी। जनतालाई भ्याक्सिन लगाउनुपर्ने चेतनाको सवालमा पाकिस्तान सरकार विफल भएको छ। त्यहाँका जनता भ्याक्सिन लगाउँदा विरामी पर्ने डरले त्रस्त छन्। शिक्षित जनताले मात्रै भ्याक्सिन लगाउनाले ०.२ प्रतिशतमा खोप अभियान अड्कन पुगेको छ। पाकिस्तानमा अहिलेसम्म आठ लाखजतिले खोप लगाएका छन्। यही गतिमा भ्याक्सिन लगाउने काम चल्ने हो भने त्यहाँ खोप अभियान सम्पन्न गर्न साढे चार वर्ष लाग्नेछ।